उपत्यकाका १५ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १४, बुधबार
काठमाडाैं - पछिल्लो २४ घण्टामा उपत्यकाका १५ जनासहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए ।
पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ ।
यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।
Categorized in राष्ट्रिय