उपत्यकाका ३१०७ सहित देशभर ५७४३ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ५, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकाका ३ हजार १०७ जनासहित थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् ।
देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
बुधबार २६ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या ७ सय ९१ पुगेको छ ।
देशभरका संस्थागत आइसोलेसन १४ हजार ६७४ जना र होम आइसोलेसनमा २९ हजार ८०० जना रहेका छन् । आजसम्म देशभर चार हजार ६५ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय

