उपत्यकाका ७११ सहित १२०४ जनामा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ३, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७११ सहित १२ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ ।
काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ७११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।
पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार १२ सय ४६, शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमका अनुसार १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन् ।
२४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २३६ पुगेको छ ।
Categorized in राष्ट्रिय