STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका ८ जनासहित साेमबार ४७६ जनाको कोरोना रिपोर्ट पोजिटिभ, मृत्यु हुनेको संख्या २९ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १५, सोमबार

काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसैगरी सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १३ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ। प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइनमा ५७ हजार ३६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ। मृत्यु हुनेको संख्या २९ कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप एकजनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या २९ पुगेको हो। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते राती उपचारका क्रममा मृत्यु भएको हो।उनी फोक्सोका बिरामी थिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको मन्त्रालयले जनाएको छ।  
Categorized in राष्ट्रिय