उपत्यकामा थप ४३ जनामा संक्रमण, थप ४ काे संक्रमणबाट मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार
काठमाडौं – पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारै ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।
कुल संक्रमितमध्ये ६ हजार ७ सय ३८ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा १ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १६ हजार ४ सय ९३ जना कोरोना संक्रमित उपार पछि निको भएर घर फर्किएका छन् ।
थप ४ काे मृत्यु
यसैगरी कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए ।
Categorized in राष्ट्रिय