उपत्यकामा पातला प्लास्टिकका झोला प्रयाेग गर्न नपाइने
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ४, शनिबार
काठमाडौं- सरकारले आजदेखि उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ। ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण, आयात र प्रयोगमा रोक लगाइएकाे हाे ।
पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई सरकारले कडाइका साथ लागु गर्ने भएको हो।वन तथा वातावरण मन्त्रालय र वन विभागले अब ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए/नभएकोबारे बुधबारदेखि नै अनुगमन थाल्ने छ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो। भूकम्पका कारण कार्यान्वयन हुन सकेको थिएन। उक्त झाेलाकाे प्रयाेग गरेकाे पाइएमा कारबाही हुने जनाइएकाे छ।को वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो। भूकम्पका कारण कार्यान्वयन हुन सकेको थिएन। उक्त झाेलाकाे प्रयाेग गरेकाे पाइएमा कारबाही हुने जनाइएकाे छ।
Categorized in उपत्यका

