STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा सवारी चलाउन समय तोकियो, कसको लागि कुन समय हेर्नुहोस्

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबारदेखि लागु हुनेगरी अब तोकिएको समयमा मात्र सवारी चलाउन पाइने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब आइतबारदेखि सरकारी कार्यालयका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ । यसैगरी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्किसक्नु पर्नेछ । यसैगरी, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । यीबाहेक औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन । यी समय बाहेक दिउँसोको समयमा सामान्यतया आवतजावत नगर्न भनिएको छ ।
Categorized in राष्ट्रिय