STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा २३२ सहित ८५५ जनामा संक्रमण, ७ जनाकाे थप मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३२ सहित देशभर ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। याेसँगै संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट सात जनाको मृत्यु भएकाे छ । याेसँगै  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।   मन्त्रालयका अनुसार एक महिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो। प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। सँगै सिरहाका २२, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो। यसैगरी पछिल्लाे २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ। मन्त्रालयका अनुसार सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भएको छ।
Categorized in राष्ट्रिय