STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा ८५९ सहित एकैदिन संक्रमितको संख्या दुई हजार नाघ्यो

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन २, शुक्रबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनासहित एकैदिन  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार शुक्रबार एकै दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएको छ।  यसैगरी काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। यसैगरी शुक्रबार मात्रै ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ३९० जनाको मृत्यु भएको छ। १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ११ हजार ४५८ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला र रसुवामा संक्रमितको शून्य संख्य रहेको छ। यस्तै मन्त्रालयका अनुसार आइसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ।
Categorized in राष्ट्रिय