उपनिर्वाचन २०७६ समाजवादीको घरदैलो
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १०, मंगलबार
उपनिर्वाचनमा कास्की क्षेत्र नं २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ मतदाताको घरदैलामा पुग्नुभएको छ । उहाँले आज पोखरा–२० स्थित भलाममा मतदातासमक्ष आपूmलाई मत दिएर विजयी बनाएमा जनताका हरेक समस्यामा सारथी बन्ने वचनबद्धता प्रकट गर्नुभयो ।
कास्की क्षेत्र नं २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको निधन भएपछि यही मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
Categorized in राष्ट्रिय