STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपमेयरमा एमालेकी सुनिता डंगोलको सुरुवाती अग्रता

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्।

गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्। अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। दुवै मतदान केन्द्रको ७० मत गन्दा डंगोलले ५० भन्दा बढी मतले श्रेष्ठलाई पछि पारेकी छन्।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा बालेनले १५०, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११०,नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९८ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १४ मत पाएका छन् ।

Categorized in उपत्यका