STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपराष्ट्रपतिमा गठबन्धनका तीन दलकाे दाबी

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २६, शुक्रबार

काठमाडौं - उपराष्ट्रपतिमा गठबन्धनमा रहेका तीन दलले दाबी गरेकाे छ । नागरिक उन्मुक्ति पार्टी,जसपा र जनमत पार्टीले दाबी गरेकाे हाे । यी तीनै पार्टीले उम्मेदवारकाे समेट टुंगाे लगाएका छन् ।

जसअनुसार नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिए ।

उनका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन् ।

यस्तै, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए । सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपराष्ट्रपतिका लागि भाेलि उम्मेदवारो मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।

Categorized in राजनीति