STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन, सिंहदरबार दक्षिण गेटबाट युवाहरू पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १२, मंगलबार

काठमाडौं - ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । 

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।

Categorized in राजनीति