STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एएफसी कप छनोटमा मच्छिन्द्र क्लब पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २२, मंगलबार

काठमाडौं - मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ। मच्छिन्द्रले श्रीलंकाको ब्लु स्टार स्पोर्टस् क्लबसँग २-१ गोलअन्तरले हार व्यहोरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले अपेक्षा गरेअनुसारको खेल प्रदर्शन गर्न सकेन। उसका लागि कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके।

श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक-एक गोल गरे। मच्छिन्द्रले पटक-पटक गोल गर्ने अवसर प्राप्त गरेको थियो। तर त्यसको सदुपयोग गर्न भने सकेन।

खेलको २४औँ मिनेटमा इशानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए। खेलको २७औँ मिनेटमा ब्लु स्टारका सन्देशले आफ्नो टोलीका लागि अर्को गोल गरे। मच्छिन्द्रका लागि खेलको इन्जुरी समयमा श्रेष्ठले गोल गरेका थिए।

मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो। गत वर्ष उक्त छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो। अब ब्लु स्टारले दोस्रो चरणको खेल यही चैत २९ गते भारतको मोहन बगान क्लबसँग खेल्नेछ।

Categorized in खेलकुद