STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकैदिन १२ जनाकाे काेराेनाबाट मृत्यु, उपत्यकामा मात्र ६ जना

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १३, शनिबार

काठमाडौं – पछिल्लाे २४ घन्टामा उपत्यकामा ६ जनासहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको हो। २४ घण्टामा ज्यान गुमाउनेमध्ये तीन महिला र ९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
Categorized in राष्ट्रिय