एकैदिन ३० हजार बढी संक्रमित भेटिएपछि फ्रान्समा कर्फ्यु
Janjati Khabar – एजेन्सी | २०७७ आश्विन ३०, शुक्रबार
यो वर्षको सुरुमा कोरोना संक्रमणको केन्द्र बनेको युरोपमा पुनः संक्रमितको संख्या तीव्र गतिमा फैलिन थालेको छ ।
फ्रान्समा मात्रै बिहीबार एकै दिन ३० हजार ६ सय २१ जना कोरोना संक्रमित भेटिएका छन् । बुधबार २२ हजार ५ सय ९१ जनामा सक्रमण देखिएको थियो।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा शनिबार राति देखि कर्फ्यू लगाउने घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले मनिसहरुको जीवन जोगाउन जनस्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आवश्यक रहेका बताएको छ।
यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नयाँ गाइडलाइन्सको पालना गर्न अपिल गरिएको छ ।
शनिबारदेखि लण्डनमा इनडोर सामाजिक कार्यक्रममा पनि रोक लगाइएको छ भने कोरोना भाइरस संक्रमण फैलिएका आसपासका स्थानमा अलर्ट जारी गरिएको छ ।
फ्रान्स, इटली, पोल्याण्ड तथा र जर्मनी जस्ता देशहरुमा परीक्षणको मात्रा बढाइएको छ । बिहीबार रुसमा मात्रै २ सय ८६ जनाको मृत्यु भएको छ । रुसमा कोरोना भाइरसका कारण २४ घन्टाको अवधिमा यतिधेरै मानिसले ज्यान गुमाएको यो पहिलो घटना हो ।
डब्लुएचओले कोरोना भाइरसका कारण युरोपमा दैनिक १ हजारभन्दा बढीको मृत्य् भइरहेको भन्दै सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय

