एकैदिन ३१४ जना संक्रमित थपिए, थप एककाे कोराेनाबाट मृत्यु भएकाे पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २६, सोमबार
काठमाडाैं - नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।t
तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ।
स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो। वालिङका ती ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए ।
Categorized in राष्ट्रिय