STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै दिन २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१२ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडौं - बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ। अहिले आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्। नेपालमा कोरोनाका कारण १० जनाको मृत्यु भइसकेको छ।
Categorized in राष्ट्रिय