STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक्कासी टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन २६, आइतबार

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग सोमबारमात्रै वार्ता गर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए ।

शनिबार जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि असन्तुष्टि जनाउँदै केही जेनजीहरूले नाराबाजी समेत गरेका थिए ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गर्दै दलहरुलाई तयारी गर्न सुझाएका थिए ।

Categorized in राष्ट्रिय