STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २४, शुक्रबार

अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ एनआरएन को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने हुनुभएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो । निर्वाचनमा भाग लिन बिहीबार नेपाल आउनुभएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा गर्नुभएको हो । उहाँले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेद्वारी दिन लागेको बताउनुभयो । डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गर्नुभयो । उहाँले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेद्वार भएको बताउनुभयो । सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका जानुभएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसक्नुभएको छ । तनहुँ व्यास नगरपालिका–९ सिस्नेरीमा जन्मनुभएका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।
Categorized in राष्ट्रिय