STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एनसेलको सेयर खरिद बिक्रीबारे समितिले छानबिन थाल्यो

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २४, आइतबार

काठमाडौं - सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न बनाएको 'एनसेलको सेयर खरिद बिक्री  अध्ययन तथा छानबिन समिति'लाई ३० दिनको समयसीमा दिएको छ। मन्त्रिपरिषदको मंसिर २१ गतेको बैठकले एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो। 

सरकारले समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ। अध्ययन समितिले आजैबाट औपचारिक रूपमा काम सुरु गरेको छ। सरकारले दिएको कार्यादेशभित्र रही तोकिएको समयसीमामा सुझावसहितको प्रतिवेदन बुझाउने समितिले जनाएको छ। 

समितिले छानबिनका क्रममा सरकारी अधिकारीहरू सेवा प्रदायक कम्पनी, विज्ञ लगायतहरूको राय सुझाव लिने छ।  एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा केही सूचना तथा जानकारी भए उपलब्ध गराइदिन समितिका संयोजक टंकमणि शर्मा दंगालले आग्रह गरेका छन्। 

गत साता मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी,सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेका छन्।

Categorized in राजनीति