STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमसीसी खारेजीको माग राख्दै बुधबार देशब्यापी विरोध प्रदर्शन गरिने

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १२, मंगलबार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) खारेज गर्न जोडदार माग गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।

ती पार्टीले एमसीसी खारेजीको माग गर्दै भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाडौं उपत्यकामा माइतिघर मण्डला बाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

Categorized in राजनीति