एमालेका मन्त्रीले बुझाए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ १९, बुधबार
काठमाडौँ - नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।
बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।
कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।
एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
Categorized in राजनीति

