STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले महाधिवेशन : पदाधिकारीमा सर्वसम्मतिको सम्भावना बलियाे

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ११, शनिबार

चितवन, ११ मंसिर- मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेपछि एमालेको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना बलियो बनेको छ । पदाधिकारीमा सर्वसम्मति गरेर बाँकी पदका लागि चुनाव हुने सम्भावना देखिएको हो । अध्यक्ष ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।

उनले आफूलाई अध्यक्षमा टक्कर दिने घोषणा गरेका भीम रावलसहित सुवास नेम्वाङ, रामबहादुर थापा बादल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । 

महासचिवमा शंकर पोखरेल आएमा विष्णु पौडेललाई पनि उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका छन् । तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, घनश्याम भुसाल र पृथ्वी सुब्बा गुरुङको सम्भावना बलियो छ । 

महासचिवकाे छिनोफानो भने अझै भैसकेको छैन । 

पदाधिकारीबाहेक केन्द्रीय सदस्यका लागि भने निर्वाचनमा नै जानुपर्नेमा ओलीले जाेड दिएका छन् । उनले हिजाेकाे केन्द्रीय कमिटी बैठकमा भनेका छन्, 'केन्द्रीय सदस्यमा सहमतिको जोड लगाइयो भने युवाहरू छुट्नेछन् । त्यसैले केन्द्रीय सदस्यमा चुनाव गरे फरक पर्दैन ।'

Categorized in राजनीति