STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, सवार पाँचैजनाको मृत्युु

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २३, बुधबार

काठमाडौँ - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँचजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको छ ।

दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको र दुर्घटनास्थल खोँचजस्तो ठाउँ रहेको छ । 

जहाज गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा सवार सबै ५ जनाको शव फेला परेको जनाइएको छ । 

एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

Categorized in अपराध-दुर्घटना