STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसईई होइन, आन्तरिक परीक्षा : प्याब्सन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार

काठमाडौं – कोभिड–१९ कोरोना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको विकल्प खोज्न सरकारसँग आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै मंगलबार प्याब्सनले एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । ‘‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत प्याब्सनले सरकारसँग आग्रह गरेको छ । चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा कोरोना भाइरसका कारण एक दिनअघि स्थगित गरिएको थियो ।
Categorized in राष्ट्रिय