STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र - मेयर बालेन्द्र साह

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १३, मंगलबार

 

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमार्फत् दुई तिहाई सरकारको प्रधानमन्त्री बन्दासमेत सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको उल्लेख गर्दै केपी ओलीका लागि उनीहरु भोट बैंक मात्रै रहेका उल्लेख गरेका हुन् ।

ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए । ओलीको सोही भनाइको कटाक्ष गर्दै मेयर बालेनले सो कुरा बताएका हुन् ।

२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान हुन नसकेको बताउँदै उनले भनेका छन्, ‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्नसक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर, सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे ।’

यसका साथै अध्यक्ष ओलीले आफ्नो राजनीतिक स्वार्थका लागि सुकुम्बासीहरुलाई प्रयोग गरेको उल्लेख गर्दै मेयर बालेनले थप भनेका छन्, ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो । त्योपनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा: सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा: सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा: सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।’

त्यस्तै अहिले परिस्थिति फेरिएको बताउँदै मेयर साहले भनेका छन्, ‘यसैले सकेको सहयोग गर्नुहोला तर, कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

सोमबार एकीकृत बागमती सभ्यता परियोजनाले थापाथलीस्थित बागमती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सोही क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए ।

Categorized in राजनीति