STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीसामु नेपालका शर्त - सबै निर्णय फिर्ता हुनुपर्छ

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १, मंगलबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका सबै निर्णयहरू फिर्ता गर्न तयार हुनुपर्ने शर्त अघि सारेका छन् ।

एकता लागि उपमहासचिव घनश्याम भुसालले अन्तिम पहल गर्ने भन्दै अध्यक्ष ओलीसँग संवाद गर्ने बताएपछि नेता नेपालले यो शर्त राखेका हुन् ।

'एकताका लागि घनश्यामजीले अन्तिम प्रयास गर्छु भने पछि मैले उहाँलाई अध्यक्ष ओलीले अहिलेसम्म एकतामा असर पुग्ने गरी गरेका सबै निर्णय खारेज हुनुपर्ने शर्त सुनाइदिनु भनेको छु । यो शर्त सुनाउन नपाउँदै उहाँले १४ जना सांसद माथि कारबाही गर्नुभयो,' नेता नेपालले भने ।

अध्यक्ष ओली विभाजनका लागि उद्दत भएर दोष आफूहरूलाई दिइरहेको उनले बताए ।

Categorized in राजनीति