STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली–प्रचण्डको वार्तामा माधव नेपाल पनि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच  प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन उनीहरु वार्तामा बसेका हुन् । आजकाे छलफलमा एमालेका वरिष्ठ नेता नेपाललाई पनि सहभागी गराइएको हो । नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा जागेको नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच हुँदै आएको वार्तामा बरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि केही सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । यसअघि ओली–प्रचण्डबीच पटकपटक भएका वार्तामा सहमति जुट्न नसकेपछि आजको वार्तामा नेता नेपाललाई समेत सहभागी गराउन दुई नेता सहमत भएका हुन् ।
Categorized in राजनीति