STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओस्कार अवार्ड : ओपेनहाइमरले जिते सात अवार्ड

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २८, सोमबार

एजेन्सी - अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा ९६ औँ ओस्कार अवार्डको घोषणा गरिएको छ । ओपेनहाइमरले समारोहमा कुल सात अवार्ड जितेको छ। चलिचत्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो ।

ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने चलचित्रले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकन विधामा पनि अवार्ड जितेको छ।

योसँगै फिल्म पुअर थिङ्सले चार विधामा ओस्कार जितेको छ । पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्री बनिन् । बार्बीको गीत ‘व्हाट वाज आई मेड फर? ’ का लागि बिली इलिश र फिनीस ओ'कोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार पाएका छन्।

डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन्। ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ । अमेरिकन फिक्शनले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड पाएको छ।

Categorized in सिनेमा