STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कक्षा १२ को नतिजा माघ १० भित्रै निकालिने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १, बिहिबार

काठमाडौँ – कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए ।

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उनले जानकारी दिए । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताए ।

‘हामीले विद्यालयहरूलाई निकै धेरै सिकाएका थियौँ तर उहाँहरूले लापर्बाही गरेर कच्चा काम गरेर पठाएकाले १२ कक्षाको नजिता प्रकाशनमा ढिलाइ भएको हो, विद्यालयहरूले कतिसम्म गैरजिम्मेवार काम गर्छन् भन्ने कुरा अहिले देखिएको छ’, परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले भने ।

जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो । परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् । यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।

Categorized in शिक्षा