STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कबड्डी ४ को अपार विस्फोटक व्यापार पछी अब सौगात मल्लको घनचक्कर आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ १६, सोमबार

नेपाली चलचित्रले दर्शक तान्न सकेन भनेर रोइलो चलिरहेको बेला गत हप्ता रिलिज भएको कबड्डी ४ चलचित्रले विस्फोटक व्यापार गरेर ठुलो खुशी ल्याइदिएको छ भने अब यो हप्ता सौगात को एउटा नयाँ चलचित्र आउने भएको छ।

सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको फिल्म ‘घनचक्कर’असार १० गते रिलिज हुने भएको छ  ।  भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको  यो फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी रहेकोछ ।

कोरोना महामारी र लकडाउन को कारणले रिलिज डेट धकेलिएको चलचित्र ‘घनचक्कर’ अब भने आउँदो असार १० गते रिलिज हुने भएको हो ।

चलचित्रमा सरोज खनाल,कस्मिरा लामा, जेवी डिसी, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको निर्देशन जितेन्द्र राजोपाध्ययले गरेका छन् । राजोपाध्यायले यस अघि विभिन्न म्यूजिक भिडियोको साथमा नेपालभाषाको चलचित्र पनि निर्देशन गरिसकेका छन् ।

अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद रहेको चलचित्रको छायाङ्गन सुसन प्रजापतिले गरेका छन् ।

फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् ।  सुसन प्रजापति छायाँकन रहेको यो फिल्ममा अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Categorized in सिनेमा