STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कमलादीबाट बरामद सुन काण्डमा तीनजना पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

काठमाडौं • कमलादीबाट बरामद सुन काण्डमा प्रहरीले तीनजनालाई पक्राउ गरेकाे छ । प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई पक्राउ गरेकाे आरोपमा दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा.६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो भागेको प्रहरीको दावी छ । कोर्पियोमा चालक बाहेक तीनजना सवार थिए । स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो । प्रहरीले रोक्न खोजेपछि सुन र पेस्तोल फालेर तस्कर समूह ट्याक्सीमा नवलपरासी पूर्वको दुम्कीबास पुगेको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना