STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

करेन्ट लागेर एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ । विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी कचनकवल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ६० वर्षीय रामलाल मुर्मू मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरी बाटोमा सुतेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना