STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीमा कृषकको पहिचान गर्न माग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् ।  कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् । 
बजेटमार्फत किसानको पहिचान, वर्गीकरण, परिचय–पत्र वितरण र सामाजिक सुरक्षा ९पेन्सन० को व्यवस्था गर्न र अब आउने बजेटमा कृषकको जीवनस्तर परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरिएको कृषक शशिराम आचार्यले बताउनुभयो । कार्यक्रममा सहभागी कृषकहरुले ग्रामीण समुदायका भूमिहीन, साना र सीमान्तकृत वर्गलाई लक्ष्य गरेर सहुलियतमा कृषिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सो अवसरमा जोड दिइएको थियोे । 
कृषक रामबहादुर बुढाले कर्णालीमा किसान मैत्री एकीकृत ऐन निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्दै वन्यजन्तुद्वारा किसानको बालीमा पुग्ने नोक्सानीउपर क्षतिपूर्तिको व्यवस्थाका लागि उचित कानून बनाउन सरकारलाई सुझाव दिनुभयो । 
Categorized in राष्ट्रिय