STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि  मन्त्री केसी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २०, शुक्रबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरीब किसानको जीवनस्तर माथि उठ्ने कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो  । 
मन्त्री केसीले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि नीति बनाउने र त्यसैको आधारमा बजेट तथा कार्यक्रम निर्माण हुने विश्वास दिलाउनुभयो । आगामी दिनमा गरीब किसानले प्राप्त गर्नसक्ने अनुदानको कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
 
Categorized in राष्ट्रिय