STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलाकार मिथिला शर्मा , पत्रकार मीना बज्राचार्य पल्पसा डंगोल लगायत दुई दर्जन महिला स्रष्टा सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र ७, शनिबार

उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा "तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम-२०८२" भव्य रुपमा सम्पन्न भएको छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी प्रमुख अतिथी रहनु भएको सो  कार्यक्रमका सभाध्यक्ष उपमा सञ्चार प्रालि कि आशा गौतम,  तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा 'बिमला' रहनु भएको थियो।

कार्यक्रममा चलचित्र, संगीत, कला, साहित्य, शिक्षा, खेल राजनीति, व्यवसाय र सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने दुई दर्जन नारी व्यक्तित्वलाई "तीज विशेष नारी सम्मान-२०८२" अर्पण गरिएको थियो।

तीज पर्वलाई नारी सशक्तिकरण र संस्कृतिको संरक्षणसँग जोड्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको भन्दै आयोजक संस्था तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोईरालाले गरेका थिए ।

कायक्रममा गायिका अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, विशिष्ट अभिनेत्री लक्ष्मी गिरि, विशिष्ट अभिनेत्री रमा थपलियालाई तिज विशेष नारी दीर्घ सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तैगरी गायिकाहरुमा पबित्रा रसाइली, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, माया निरासी, पुष्पा पौडेल, सरिता भारती, अभिनेत्रीमा हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोल पत्रकारमा मीना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गीता अधिकारी, सिर्जना खतिवडाका साथमा अभियन्ता जलु गुरुङ, पुर्व प्रहरी निरीक्षक, राष्ट्रिय जनसास्कृतिक महासंघ नेपालकि पहिलो महिला अध्यक्ष तथा कलाकार भुमिका सुब्बा, पुर्व प्रहरी स ई तथा नृत्याङ्गना कल्पना गुरुङ, राष्ट्रिय खेलाडि नेपालको पहिलो महिला रेस्लर भगवती खडका, रेस्लर मुना श्रेष्ठ, व्यवसायी मञ्जु तिमिल्सिना लगायतलाई तीज विशेष नारी सम्मानबाट सम्मानित गरिएको थियो

त्यस्तै चलचित्र सेन्सर बोर्डका नवनियुक्त सदस्य सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुबेर गिरी, चलचित्र बिकास बोर्डका, नवनियुक्त सदस्य बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी, गणेश प्रसाद सुवेदीलाई बधाई पत्रबाट सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मान पश्चात् विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानितको तर्फबाट यस किसिमको सम्मानले सधै प्रोत्साहित गर्ने खुशी व्यक्त गर्दै सम्पूर्ण सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो भने अग्रज गायिका ज्ञानु राणाले सिरिमा सिरि नि कान्छी बोलको गीत सुनाउनु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी माननीय बलराम अधिकारीले यस्तो गौरवशालि कार्यक्रम आफुले विभिन्न क्षेत्रका हस्तीहरुलाई सम्मान गर्न पाँउदा गौरव रहल हर्ष लागेको बताए । त्यस्तै विशिष्ट अतिथी प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ज्युले नारीको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरव महसुस गरेको र आगामी दिनहरुमा पनि येस्तो कार्यक्रम निरन्तर गर्न आयोजक संस्थालाई हौसला प्रदान गर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, एसिया प्यासिफिल कलेज, गणेशमान सिंह बहुमुखी क्याम्पस, एनएस अटोमोबाइल्स, ग्राभिटी होम ट्युसन सोल्युसन, एडिफाई एजुकेसन कन्सल्टेन्सी, मार्गदर्शन स्ट्डी अब्रोड, सुटमाला, मदरल्याण्ड सेक्युरिटी सर्भिस लगायत विभिन्न संघ संस्थाका पधाधिकारीहरुको विशेष उपस्तिथि तथा सहयोग रहेको थियो ।

Categorized in राष्ट्रिय