STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलाकार संघले प्रस्तुत गरे चलचित्र विकास बोर्ड समक्ष आफ्ना माग

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १२, मंगलबार

नेपाल चलचित्र कलाकार संघको एक प्रतिनिधि मण्डलले चलचित्र बिकास बोर्डका अध्यक्ष श्री भुवन के. सि  लगायत बोर्डका सदस्यहरु खेतुलाल बि. सि ( के. एल पीडित ), रबिचन्द्र अधिकारी, राजु खत्री क्षेत्री  तथा प्रदर्शन तथा बितरण अधिकृत गिरिश शर्मा समक्ष नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्र विकास बोर्डले खेल्नु पर्ने भुमिकाको बारेमा अवगत गराइयो ।

यस्तैगरी चलचित्र बिकास बोर्डले प्रदान गर्दै आइरहेको चलचित्रकर्मी परिचयपत्र सम्बन्धमा पनि थप कुराहरू कलाकार संघको तर्फबाट प्रस्तुत गरिएको थियो । साथै बोर्डबाट कलाकार संघका लागि प्रदान गरीनु पर्ने वार्षिक बजेट पनि बोर्डका अध्यक्ष समक्ष प्रस्तुत गरिएको र बिशिस्ट श्रेणीको चलचित्रकर्मीहरुलाइ दिईने सेवा, सहुलियत, सुबिधा सम्बन्धमा पनि स्पष्ट गर्न आफ्ना कुराहरु सहित बोर्डका अध्यक्षज्यूलाइ अवगत गराइएको थियो ।   

उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष  मोहन निरौला, निवर्तमान अध्यक्ष  रविन्द्र खड्का, महासचिव सबिन श्रेष्ठ , सचीव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल , सह- कोषाध्यक्ष पवित्रा आचार्य र सदस्यहरु गोपाल ढकाल ( छन्दे), उद्धब प्रसाद भट्टराई  पवन के.सि, नम्रता खरेल, पुकार भट्टराई , रोशन श्रेष्ठ , समीर लामा का  साथै कार्यक्रम तथा व्यवस्थापन समितका संयोजक डि. बि बम्जन, प्रचार प्रसार समितिका सदस्य बबि रोजा ढकालको उपस्थिति रहेको कुरा  नेपाल चलचित्र कलाकार संघका प्रचार प्रसार समिति संयोजक गोपाल ढकाल (छन्दे) ले बताएका छन् ।

Categorized in सिनेमा