STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कल सेन्टरमा छापा, डेढ सय युवायुवती पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ८, आइतबार

काठमाडौं - आइतबार प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित जानकीनगरको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको छ ।

घर भाडा नै लिएर कार्यालय खोली सर्वसाधारणलाई म्यासेज पठाउने, अश्लील सन्देश पठाउने गरेको खुलेपछि सञ्चालकसहित डेढ सय कामदार युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले एक भारतीय र दुई नेपालीले घर भाडामै लिएर धन्दा चलाउदै आएको जनाएको छ । कामदार नै खडा गरेर कल सेन्टरले विभिन्न मानिसका मोबाइल ह्वाट्सप, फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

Categorized in अपराध-दुर्घटना