STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काँकरभिट्टाको जुत्ता कारखानामा आगलागी

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २०, बिहिबार

माघ २०, काठमाडौं - झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे ।

आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन । घटनास्थलमा अहिले ६वटा दमकलले आगलागी नियन्त्रण गर्न प्रयास गरिरहेका छन् ।

आगलागीले अहिले काँकरभिट्टा क्षेत्रको आकाश नै कालो भएको छ । जुत्ता कारखानामा ठूलो मात्रामा तेलका ट्याङ्करहरू रहेकाले आगलागीबाट ठूलो क्षति हुनसक्ने स्थानीयले बताएका छन् ।

अहिले सुरक्षाकर्मीहरूसँगै स्थानीय बासिन्दाले घटनास्थलमा खटिएर तेलका ट्याङ्करहरू बाहिर निकालिरहेका छन् । मेचीनगर नगरपालिकाको दमकल भने लामो समयदेखि बिग्रिएर थन्केको छ ।a

Categorized in अपराध-दुर्घटना