STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काँग्रेस काठमाडौँ कार्यसमितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार

काठमाडाैं - नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँ ले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुँज) नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पिसिआर सेवा बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका लागि सरकारले प्रतिव्यक्ति रु एक करोडको बीमा गर्नुपर्ने माग गरिएको छ । साथै काठमाडौँमा कोरोना भाइरस रोकथामका लागि अझ प्रभावकारी काम गर्नुपर्ने, राहतलाई न्यायपूर्ण ढ्ङ्गबाट बाँड्नुपर्ने, शैक्षिक संस्था, होटल व्यवसाय, औद्योगीक क्षेत्रलगायत सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यक्रमका साथै कोरोना सङ«क्रमित र अन्य दीर्घरोगीका लागि स्वास्थ्य उपचारको उचित व्यवस्था गर्न माग गरिएको छ । सभापति बानियाँद्वरा हस्ताक्षरित सो ज्ञापनपत्रमा देश कोरोनाबाट प्रभावित भएको अवस्थामा रोग विरुद्ध सबै नेपाली एकजुट भई जनतालाई स्वस्थ राख्न तथा अरु आवश्यक सामग्रीसहितका सुविधा दिनुपर्नेमा सरकारको अदुरदर्शीताका कारण कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको आरोप लगाइएको छ ।

रासस

Categorized in राजनीति