STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"काँडेतार” को ट्रेलर रिलिजमा पोखे नवल खड्काले आक्रोश

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण १, मंगलबार

निर्देशक तथा अभिनेता नवल खड्का को  नयाँ चलचित्र " काँडेतार” को मङ्गलबार ट्रेलर सार्वजनिक गरिएको छ । यही फागुन २५ गते रिलिज हुने तय गरिएको आफ्नो चलचित्रसँग अरू दुई वटा फिल्म जुध्न आएपछि निर्देशक तथा अभिनेता नवल खड्का आक्रोशित बनेका छन्। 

आफ्नो फिल्म ‘काँडेतार’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफूले तोकेकै मितिमा फिल्म जुधाएको भन्दै  आक्रोश व्यक्त गरेका हुन् ।

उनले पत्रकारहरूलाई प्रश्न सोध्दै भने, ‘उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ? हामीले यो देश बचाउनुपर्छ, हाम्रा सन्तानहरू यही देशमा जन्मिनुपर्छ र यो देशमा सुनौलो भविष्य सुम्पिनुपर्छ भन्ने मान्छे हो म। पलायन हुनका लागि आफ्नो भविष्यको सुनिश्चत गर्न कुनै देशमा गएर बच्चा जन्माउने या सिटिजन लिने काम हामी गर्दैनौँ।’

उनले आफूले सबै फिल्मकर्मीसँग सल्लाहका साथ फागुन २५ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको बताउँदै आफ्नै विश्वासिला पात्रले धोका दिएको आरोप लगाए।

‘मैले फिल्म एक वर्षअघि नै सबै साथीहरूलाई राखेर भदौमा प्रदर्शन गर्न लागेको थिए। दसैंमा ल्याउन खोजेको थिए, तिहारमा ल्याउन खोजेको थिए’, उनले आक्रोशित हुँदै भने, ‘उनीहरूले ती सबै फिल्महरूलाई छोडेर यो फागुन २५ गते कुनै फिल्म नल्याउने भनेका थिए।’

उनले आफ्नो फिल्म वितरणको जिम्मा लिने मान्छेले नै आफूलाई कोखामा छुरा हानेको भन्दै आक्रोश पोखे।

उनले अगाडि भने, ‘मेरो फिल्मसँग जसले जुधाउन ल्याउँदै हुनुहुन्छ। उहाँसँग बसेर फागुन २५ गते प्रदर्शन मिति तोकिएको थियो। उहाँले नै झ्याम्म पारेर अर्को फिल्म ल्याएर हाल्दिनुभयो। यो फिल्मको पनि उहाँ नै वितरक हुनुहुन्थ्यो।’

निर्देेशक एवं  अभिनेता खड्काको अाक्रोश लाई साथ दिंदै सामाजिक अभियन्ता पुण्य गौतमले यो चलचित्र माथि धेरै थिचोमिचो भईसकेको र अब फेरी थप केही भयो भने सह्य हुने छैन भनि भने ।

यस चलचित्रमा नवल खडका को सुरविना कार्की,गौरव पहाडी र रेबिका गुरुङं का साथमा मुरलीधर लगायतलाई प्रमूख भुमिकामा हेर्न पाइने भएको छ ।

फोटो - विक्रम खडगी

Categorized in सिनेमा