कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, विजय गच्छदार २ मत अन्तरले पराजित
Janjati Khabar – Janjati Khabar | २०७८ पौष १, बिहिबार
पुस १ - कांग्रेस निर्वाचन समितिले उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएको घोषणा गरेको छ । यसअघि २ मत अन्तरले पराजित भएपछि उपसभापतिका प्रतिस्पर्धी विजय गच्छदारका प्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।
गणनासकिएको २ घण्टा पछि अन्तिम मत परिणाम घोषणा गरिएको छ ।
जसअनुसार :
पूर्णबहादुर खड्का - २१२१
धनराज गुरुङ - १९०८
विजयकुमार गच्छदार - १९०६
चन्द्र भण्डारीले - १५८०
सुजाता कोइराला - ६४४
महेश आचार्यले - ५८९
दिव्येश्वरी शाह - १३२
Categorized in राजनीति

