कांग्रेस उम्मेदवार : काठमाडौंमा सिर्जना सिंह र ललितपुरमा चिरीबाबु महर्जन
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १२, सोमबार
काठमाडौं, - उम्मेदवारी दर्ता गर्नु केही समयअघि मात्र नेपाली कांग्रेसले तीन महानगरपालिकाको मेयरका उम्मेदवार चयन गरेको छ।
कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंह प्रकाशमान सिंहकी पत्नी हुन्।
विद्यार्थी कालदेखि नेविसंघको राजनीतिमा सक्रिय सिंह कांग्रेसबाट महानगरपालिकाको मेयरमा टिकट पाउने पहिलो महिला हुन्।
ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ललितपुरको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको थियो। उनी ०७४ को स्थानीय चुनावबाट पनि मेयर निर्वाचित भएका थिए।
यसैगरी, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो। पराजुलीलाई मेयरमा उठाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दबाब दिएका थिए भने देउवा चाँही अमृत अर्याल र डिला संग्रौलाको पक्षमा थिए। मेयरमा उम्मेदवार बनाइएका कोइराला कांग्रेस नेता शेखर कोइराला निकट हुन्।


