STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ। दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठक पार्टी महाधिवेशन केन्द्रित रहेको बताउँदै नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष रहेको र कसैलाई पनि हरियो झण्डा नदेखाएको स्पष्ट पारेका छन्। पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसको १४ औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो। सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने तयारी छ। कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो। सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो। तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो।
Categorized in राजनीति