STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २१, बिहिबार

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि तीन चारजनाको समूहले खुकुरी प्रहार गरेको हो ।

खुकुरी प्रहारबाट यादव घाइते भएका छन् ।पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

नेता यादवलाई अहिले वीर अस्पताल लगिएको छ । साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।

Categorized in राजनीति