STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभा सम्पन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना नेपाल समृद्ध बन्न नसक्ने बताउनुभएको छ । काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले पुर्खाले बनाएको सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सकेमात्र नेपाल समृद्ध बन्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताउनुभयो । “मुलुक गरीब भए पनि हाम्रा पुर्खाले सुनैसुनको मन्दिर, झ्याल, ढोका, धारा लगायत संरचना बनाएका थिए, तिनको संरक्षण पनि हामीले गर्न सकेका छैनौँ, यसतर्फ हाम्रो ध्यान जान सकेको छैन, पाटनमा रहेको सुनको चरा, सर्पलगायत सांस्कृतिक सम्पदामा ठूलो दर्शन भए पनि त्यसको अध्ययन अनुसन्धानमा नयाँ पुस्ताको ध्यान जान सकेन”, संस्कृतिविद् जोशीले भन्नुभयो । सुनका ऐतिहासिक सम्पदा बनाउन ३२ कोठी महाजन अर्थात व्यापारीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । प्रदेश नं। ३ का सभामुख सानुकुमार श्रेष्ठले वार्षिक ४० लाख युवा रोजगारीका लागि विदेशिने गरेकाले कला संस्कृतिको संरक्षण गरी रोजगारी सिर्जना गर्न प्रदेशसभाले प्राविधिक शिक्षा ऐन पारित गरेको बताउनुभयो । व्यक्तिविशेषको चाकडी नगरी विधिअनुसार सबै नागरिकले रोजगारी पाउने गरी प्रदेशसभाले ९९ ऐन पारित गरेको उहाँले बताउनुभयो । सुनचाँदी रत्न आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य, आयोजक संघका अध्यक्ष महेन्दरत्न शाक्य, सदस्य देव बज्राचार्य लगायतले सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन आह्वान गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय