काठमाडौंकाे उपमेयरमा सुनिता डंगाेलकाे जित सुनिश्चित
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १२, बिहिबार
काठमाडौं - काठमाडौं महानगरको उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले जीत सुनिश्चित गरेकी छन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्। सुनिताले ६४ हजारभन्दा बढी मत ल्याइसकेकी छन्। श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन्।
३२ वडा रहेको काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। हाल वडा नम्बर १४, १५ र १६ गणना सकिन बाँकी रहेको छ।
Categorized in उपत्यका

