काठमाडौंकाे निषेधाज्ञा खुकुलाे बनाएर थप्ने तयारी
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १८, मंगलबार
सरकारले काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । अहिलेको तुलनामा केही खुकुलो गर्दै निषेधाज्ञा थप गर्ने तयारी भएको हो । यसको लागि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गर्न उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक बसेर निर्णय गर्ने बताए ।
'कोरोना संक्रमण कम हुँदै गएको छ तर एकैपटक खोल्ने अवस्था छैन,' पराजुलीले भने, 'एक साता निषेधाज्ञा थप गर्न सकिन्छ ।'
खाद्य पसलहरुलाई भने खुकुलो बनाइने उनले बताए । १६ बैशाखदेखि लगाइएको निषेधाज्ञा २० गते सकिँदै छ ।


