काठमाडौंका ११० सहित उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। पछिल्लो २४ घण्टामा थप १३४ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
काठमाडौंका ११० , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार मात्रै थप ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको हो ।
Categorized in उपत्यका